काठमाडौं । सरकारले सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने गरेको हो । भट्ट नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् ।

ADVERTISEMENT

उनी कात्तिक ६ गते मात्रै उनी नेपाल राष्ट्र बैंकबाट सेवा निवृत्त भएका थिए । राष्ट्र बैंकमा ३० वर्ष सेवा अवधि, ५८ वर्ष उमेर वा उच्च निर्देशक तहका लागि १२ वर्ष र कार्यकारी निर्देशकका लागि सात वर्षे सेवा अवधिमा अवकाश पाउने व्यवस्था छ ।

भट्ट २०५७ मा सहायक निर्देशकको रूपमा राष्ट्र बैंकमा प्रवेश गरेका थिए । उनी २०७५ कात्तिकमा कार्यकारी निर्देशक बनेका थिए । त्यसबेला उनको नाम गभर्नरमा चर्चा थियो । राष्ट्र बैंकमा कार्यरत रहँदा कतै पनि विवादमा नआएकाले भट्ट नयाँ सरकारको रोजाइमा परेका हुन् । भट्ट व्यवस्थापन र अर्थशास्त्रका विद्यार्थी हुन् ।

ADVERTISEMENT