काठमाडौं । प्रधानमन्त्री केपी ओलीले विश्व प्रसिद्ध फुटबल क्लब रियल मेड्रिडको सान्टियागो बर्नाबाउ रंगशालाको भ्रमण गरेका छन्।

प्रधानमन्त्री ओलीलाई बिहीबार क्लबका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले स्वागतससिहत अत्याधुनिक रंगशालाको भ्रमण गराएका थिए।

ADVERTISEMENT

स्पेनको औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किनुअघि ओली मेड्रिडको रंगशाला भ्रमणमा पुगेका हुन् । उनले भ्रमण हुनुअघि नै नेपालमा रहँदा रंगशाला जाने आफ्नो इच्छा व्यक्त गरेका थिए ।

ADVERTISEMENT