काठमाडौं । राष्ट्रिय स्वतन्त्र नागरिक समाजका अध्यक्ष तथा ग्रेटर नेपाल अभियानका अभियन्ता फणिन्द्र नेपाल पक्राउ परेका छन्।

अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार नेपाललाई काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कटारीबस्ती क्षेत्रबाट पक्राउ गरिएको हो।

ADVERTISEMENT

प्रहरीका अनुसार चेक अनादरसम्बन्धी मुद्दामा जाहेरी परेपछि उनलाई नियन्त्रणमा लिइएको हो। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

संखुवासभाको सभापोखरी स्थायी घर भएका ६७ वर्षीय नेपाल हाल भक्तपुरको मध्यपुर थिमि नगरपालिका–३, कौशलटारमा बसोबास गर्दै आएका छन्।

ADVERTISEMENT

फणिन्द्र नेपाल ग्रेटर नेपाल अभियानका अभियन्ताका रूपमा परिचित छन् भने राष्ट्रिय स्वतन्त्र नागरिक समाजको नेतृत्व गर्दै आएका छन्।