काठमाडौं। कास्कीको पोखरा महानगरपालिका–६ स्थित फेवातालमा बोटिङ गर्ने क्रममा हावाहुरीका कारण अलपत्र परेका १२ जना पर्यटकको सकुशल उद्धार गरिएको छ।

शनिबार अपराह्न करिब ४ः३५ बजे फेवातालमा एक्कासि तीव्र गतिको हावाहुरी चलेपछि विभिन्न जिल्लाका स्वदेशी तथा जापानबाट घुम्न आएकी ४८ वर्षीया एक विदेशी पर्यटकसहित १२ जना तालको बीचभागमा अलपत्र परेका थिए।

ADVERTISEMENT

घटनापछि फेवा रेस्क्यु टावरमा खटिएको सशस्त्र प्रहरी बलको १० सदस्यीय विशेष टोली तत्काल परिचालन गरिएको थियो। टोलीले ‘सर्फेस’ र ‘प्याडल बोट’मा फसेका सबै पर्यटकलाई सुरक्षित रूपमा उद्धार गरी किनारामा ल्याएको जनाएको छ।

ADVERTISEMENT

उद्धार गरिएका सबै पर्यटकको स्वास्थ्य अवस्था सामान्य रहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।