काठमाडौं । विश्व वातावरण दिवस २०२६ को अवसर पारेर सिटिजन्स बैंकले वृक्षरोपण गरेको छ । बैंकले ‘एक खाता एक रूख’ अभियानअन्तर्गत शनिबार काठमाडौंको बुढानीलकण्ठस्थित चौकीडाँडा पर्यटकीय पार्कमा बृहत् वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको हो ।

बैंकका अनुसार बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १ मा करिव २५० विभिन्न प्रजातिका विरुवाहरु रोपिएको छ । यस्तै, कोशी प्रदेशमा २००, मधेशमा २५०, गण्डकीमा २००, लुम्बिनीमा २००, कर्णालीमा २०० र सुदूरपश्चिम प्रदेशमा २०० गरी कुल १५०० वटा वृक्षरोपण गरिएको छ ।

ADVERTISEMENT

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, बुढानीलकण्ठ– १ का वडाध्यक्ष सुरेन्द्र लामा तथा बैंकका उच्च व्यवस्थापनलगायतका कर्मचारीहरूको सहभागिता थियो । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले यसअघि नै देशका बिभिन्न स्थानहरुमा स्वास्थ शिविर सञ्चालन एवं समुदायिक विद्यालयमा सहयोगहरुसमेत गरिसकेको छ ।

ADVERTISEMENT

बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले आज हामीले रोप्ने प्रत्येक बिरुवाले भोलिका पुस्तालाई स्वच्छ हावा, सुरक्षित वातावरण र स्वस्थ जीवन प्रदान गर्ने विश्वास व्यक्त गरे । सिटिजन्स बैंक इन्टरनेसनलले वित्तीय सेवा प्रदान गर्नुका साथै सामाजिक उत्तरदायित्वलाई पनि आफ्नो संस्थागत संस्कृतिको अभिन्न अंगका रूपमा लिएको छ । वातावरण संरक्षण, समुदाय विकास तथा दिगो भविष्य निर्माणका लागि बैंकले निरन्तर विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखारहित बैंकिङ इकाइहरुबाट २० लाख २८ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

ADVERTISEMENT