काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख, शाखा प्रबन्धक तथा कर्मचारीको सहभागितामा रणनीतिक वृद्धि तथा बजेट समीक्षा सम्बन्धी सेमिनार सम्पन्न गरेको छ।

बिहीबार आयोजित ‘सेमिनार अन अनट्याप्ड पोटेन्सियल, युनिफाइड एक्सनः बजेट एचिभमेन्ट एन्ड स्ट्राटेजिक ग्रोथ रिभ्यु–सुदूरपश्चिम प्रोभिन्स (०८३/८४)’ कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, नायव प्रमुख कार्यकारी अधिकृत तथा अन्य वरिष्ठ कार्यकारीको सहभागिता थियो।

ADVERTISEMENT

कार्यक्रममा गत आर्थिक वर्षको कार्यप्रगतिको समीक्षा गर्दै चालु आर्थिक वर्षका बजेट, रणनीतिक कार्ययोजना तथा प्राथमिकताबारे छलफल गरिएको बैंकले जनाएको छ। साथै केन्द्रीय कार्यालय र प्रदेश तहबीचको सहकार्य थप प्रभावकारी बनाउने विषयमा पनि अन्तरक्रिया भएको थियो।

ADVERTISEMENT

सिटिजन्स बैंकका अनुसार सुदूरपश्चिम प्रदेशका सात जिल्लामा बैंकका १० वटा शाखा सञ्चालनमा छन्। यसअघि बैंकले बागमती, कोशी र मधेश प्रदेशमा पनि प्रदेशगत रणनीतिक समीक्षा तथा व्यवसाय विस्तार केन्द्रित कार्यक्रम सम्पन्न गरिसकेको जनाएको छ। अन्य प्रदेशमा समेत यस्ता कार्यक्रम क्रमशः आयोजना गरिने बैंकले जनाएको छ।

कर्जा र निक्षेप दुवै बढ्यो

बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कर्जा प्रवाह १.२४ प्रतिशतले बढेर १ खर्ब ७७ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, निक्षेप संकलन ९.२२ प्रतिशतले बढेर २ खर्ब ३३ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ।

ADVERTISEMENT

सो अवधिमा बैंकको खुद नाफा ६३.०५ प्रतिशतले वृद्धि भई २ अर्ब ९ करोड ८६ लाख रुपैयाँ पुगेको बैंकले जनाएको छ।

डिजिटल सेवामा पनि जोड

बैंकले पछिल्लो समय डिजिटल तथा लक्षित ग्राहक सेवामा विभिन्न नयाँ सुविधा थप गरेको जनाएको छ। फोनपेसँगको सहकार्यमा ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड, युवालाई लक्षित ‘सिटिजन्स जेन–जी सेभिङ्स अकाउन्ट’, ‘सिटिजन्स डिजी बैंक सेवा’ तथा फ्रिलान्सरलाई लक्षित ‘फ्रिलान्सर सेविङ्स अकाउन्ट’ सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ।

त्यसैगरी मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन तथा सीआरएन नम्बर सेवा लिन सकिने सुविधा र अन्य बैंकका ग्राहकले समेत क्यूआर स्क्यानमार्फत सिटिजन्स बैंकका शाखाबाट नगद प्राप्त गर्न सक्ने क्रस बैंक टेलर सुविधा ल्याइएको बैंकको भनाइ छ।

बैंकका अनुसार सिटिजन्स बैंकले हाल ६१ जिल्लामा २०० शाखा, १६७ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ एकाइमार्फत २० लाख ६४ हजारभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ।