काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको १९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा शुक्रबार अध्यक्ष प्रवलजंग पाण्डेको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभाले गत आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि नगद लाभांश ०.२६३ प्रतिशतले हुने लाभांश दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ । बैंकले आर्थिक वर्ष ०६५/६६ बाट लगातार लाभांश वितरण गर्दै आएको छ । बैंकको १९ वर्षको औसत लाभांश १०.४० प्रतिशत छ ।

ADVERTISEMENT

सभाले आव ०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गरिएको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तको एनएफआरएसबमोजिम तयार गरिएको वासलात, आव २०८१/८२ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरणलगायतका एकीकृत वित्तीय विवरण स्वीकृत भएको छ ।

ADVERTISEMENT

अध्यक्ष पाण्डेले सेयरधनीहरुबाट प्राप्त सुझावअनुसार बैंकको कामकारवाही सञ्चालन गर्ने बताउँदै भविष्यमा बैंकले अझ बढी प्रगति हासिल गर्नसक्ने विश्वास व्यक्त गरे । साथै, संस्थागत सुशासन तथा अनुपालनाको स्तरलाई उच्चतम राख्ने विषयमा बैंकले सदैव महत्व दिँदै आएको र आगामी दिनहरुमा समग्र बैंकको संस्थागत सुशासन तथा अनुपालनाको अवस्थालाई थप सवल तथा सुदृढ बनाउँदै जाने बताए ।

विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द इयर २०२४ को उपाधि हासिल गरेको बैंकले यसअघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । हालै बैंकले नवयुवा लक्षित बचत खाता सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट र सिटिजन्स डिजी बैंक सेवा नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ ।

ADVERTISEMENT