काठमाडौं । संसदमा जारी गतिरोध सुल्झाउन सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा सुरु भएको छ । बैठकमा कांग्रेस, एमाले, नेकपा र श्रम संस्कृतिका शीर्ष नेताहरू अनुपस्थित भएका छन् ।

ADVERTISEMENT

कांग्रेस सभापति गगन थापा, एमाले अध्यक्ष केपी ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड बैठकमा गएनन् । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पनि बैठक बहिष्कार गरेका छन् ।

प्रचण्ड अस्वस्थ भएपछि स्वास्थ्य लाभ गरिरहेका छन् । सर्वदलीय बैठकमा पार्टीका प्रमुखलाई निमन्त्रणा गरिएको थियो । संसदको गतिरोध र पछिल्ला राजनीतिक विषयमा छलफल गर्न रास्वपा सभापति लामिछानेले सर्वदलीय बैठक बोलाएका हुन् । प्रतिनिधिसभाको ठूलो दलको हैसियतले लामिछानेले पहिलोपटक सर्वदलीय बैठक बोलाएका हुन् ।

ADVERTISEMENT

बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे सहभागी भएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलहरूबाट पार्टी अध्यक्ष तथा सभापतिसहित दुईजना सहभागी हुन आमन्त्रण गरिएको रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।