काठमाडौं । नेपाल राष्ट्र बैंक ले आजका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विनिमयदरअनुसार कुवेती दिनार सबैभन्दा महँगो विदेशी मुद्रा बनेको छ ।

राष्ट्र बैंकका अनुसार स्वीस फ्राङ्क एकको खरिददर १९४ रुपैयाँ ६४ पैसा र बिक्रीदर १९५ रुपैयाँ ४१ पैसा कायम गरिएको छ । त्यस्तै अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४६ पैसा तोकिएको छ ।
क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ १० पैसा र बिक्रीदर ११० रुपैयाँ ५४ पैसा कायम हुँदा सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ०६ पैसा तथा बिक्रीदर ११९ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ ।

ADVERTISEMENT

जापानी येन १० को खरिददर ९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९ रुपैयाँ ६१ पैसा रहेको छ भने चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४२ पैसा र बिक्रीदर २२ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।
त्यसैगरी साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५३ पैसा र बिक्रीदर ४० रुपैयाँ ६९ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७२ पैसा तथा बिक्रीदर ४१ रुपैयाँ ८८ पैसा तोकिएको छ ।

ADVERTISEMENT

यूएई दिर्हाम एकको खरिददर ४१ रुपैयाँ ४० पैसा र बिक्रीदर ४१ रुपैयाँ ५७ पैसा कायम गरिएको छ भने थाई भाट एकको खरिददर ४ रुपैयाँ ६८ पैसा र बिक्रीदर ४ रुपैयाँ ७० पैसा रहेको छ ।
मलेसियन रिङ्गिट एकको खरिददर ३८ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६३ पैसा कायम गरिएको छ । दक्षिण कोरियाली वन १०० को खरिददर १० रुपैयाँ ०४ पैसा र बिक्रीदर १० रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ ।
राष्ट्र बैंकका अनुसार स्विडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ३९ पैसा र बिक्रीदर १६ रुपैयाँ ४६ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ७० पैसा र बिक्रीदर २३ रुपैयाँ ७९ पैसा कायम गरिएको छ ।

हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४१ पैसा र बिक्रीदर १९ रुपैयाँ ४९ पैसा तोकिएको छ । कुवेती दिनार एकको खरिददर ४९५ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४९७ रुपैयाँ ८२ पैसा कायम हुँदा बहराइन दिनार एकको खरिददर ४०३ रुपैयाँ ४० पैसा र बिक्रीदर ४०४ रुपैयाँ ९९ पैसा रहेको छ ।

ADVERTISEMENT

त्यस्तै ओमानी रियाल एकको खरिददर ३९५ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ५७ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ । साथै वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर फरक हुनसक्ने र अद्यावधिक विवरण केन्द्रीय बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध हुने उल्लेख गरिएको छ