काठमाडौं । मौसम पूर्वानुमान महाशाखा का अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम रहेको छ । यसकै प्रभावका कारण मंगलबार काठमाडौंसहित देशका विभिन्न स्थानमा हुरीसहित वर्षा भएको थियो ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने तराई भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।

ADVERTISEMENT

कोशी र मधेस प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा पनि केही स्थानमा वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।

ADVERTISEMENT

त्यसैगरी बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
मौसमविद्का अनुसार मधेस प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई तथा पहाडी भू–भागका केही स्थानमा अपराह्नपछि हुरी चल्ने सम्भावना रहेको छ ।

यता सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा भने अत्यधिक गर्मी महसुस हुने र तातो दिन रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

ADVERTISEMENT