काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालय ले ११ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको अनुगमन कार्यालयले बुधबार सार्वजनिक सूचना जारी गर्दै विभिन्न निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको जानकारी दिएको हो ।
कार्यालयका अनुसार सार्वजनिक निकायबाट प्राप्त सिफारिसका आधारमा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम उनीहरूलाई कालोसूचीमा समावेश गरिएको हो ।
सूचनामा प्रकाशित मितिदेखि लागू हुने गरी कालोसूचीमा राखिएका कम्पनी तथा आपूर्तिकर्ताले तोकिएको अवधिभर कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा सहभागी हुन नपाउने जनाइएको छ ।
कार्यालयले कालोसूचीमा समावेश गरिएका कम्पनीहरूको विवरणसमेत सार्वजनिक गरेको छ ।









