काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिन बढे पनि आज भने नेप्सेसँगै कारोबार रकम पनि घटेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९.२४ अंक घटेर २७७७.१० विन्दुमा ओर्लिएको छ । १३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य बढेको छ। बाँकी उपसमूहको परिसूचक सामान्य घटेको छ।
नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। सोमबार पाँच अर्ब ९८ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको थियो । आज ३४२ स्टकको ५२ हजार ७५१ पटकको कारोबारमा चार अर्ब ८५ करोड ४४ लाख ४४ हजार रुपैयाँबराबरको एक करोड १८ लाख ७२ हजार कित्ता सेयर किनबेच भएको छ ।
आँखु खोला जलविद्युत कम्पनीको ४६ करोड ७२ लाख ६३ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ। रिडी पावर कम्पनीको साढे १६ करोड र साहस उर्जाको कारोबार रकम १४ करोड रुपैयाँ नाघेको छ।
मंगलबार कालिञ्चोक हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ९.२३ प्रतिशत बढेको छ। कुथेली बुखरी स्मल हाइड्रोपावर र त्रिशूली जलविद्युत कम्पनीको शेयरमूल्य करिब ६–६ प्रतिशत बढेको छ।








