काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार झिनो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.०३ अंकले ओरालो लागेर २७३०.९१ मा सीमित भएको हो ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने शून्य दशमलव ५० अंकले उकालो लागेर चार सय ६८ दशमलव शून्य पाँचमा पुगेको छ । कुल तीन सय ३९ कम्पनीको ५८ लाख २८ हजार ६ सय चार कित्ता सेयर दुई अर्ब ४५ करोड आठ लाख ७८ हजार चार सय ४९ मूल्यमा खरिद बिक्री भएको छ ।

ADVERTISEMENT

कारोबार भएका कम्पनीमध्ये एक सय १९ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने एक सय ३२ कम्पनीको ओरालो लागेको छ । कुल १८ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन ।

कारोबारका आधारमा साहस ऊर्जा, रिलायान्स स्पिनिङ मिल्स, एसवाई प्यानल, अपी पावर कम्पनी र शिवम् सिमेन्ट शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

ADVERTISEMENT

साहस उर्जा कम्पनीको यस दिन ८ करोड ४३ लाख ८९ हजार, रिलायन्स स्पिनिङ मिल्सको करिब साढे सात करोड र एसवाई प्यानल नेपालको कारोबार रकम सात करोड रुपैयाँ नाघेको छ।

यस दिन इंगवा हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ८.४२ प्रतिशत बढेको छ। बुंगल हाइड्रोको शेयरमूल्य करिब साढे ६ प्रतिशत बढेको छ भने अन्य स्टकहरुको मूलय वृद्धिदर साढे ३ प्रतिशतभन्दा कम रहेको छ। निफ्रा ऊर्जा ऋणपत्र, एसवाई प्यानल नेपाल, पाल्पा सिमेन्ट, भगवती हाइड्रोपावर र बोटलर्स नेपालका लगानीकर्ताले भने गुमाएका छन् ।