काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक र सेयर कारोबार रकम दुवै घटेका छन् । गत साता समग्रमा १०८.१९ अंकले बढेको सेयर बजार सोमबार २२.३५ अंकले घटेर बजार २६८४.०१ बिन्दुमा झरेको छ।

आज ३९ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा आठ अर्ब ३७ करोड ७३ लाख रुपैयाँको कारोबार भएको छ। २०९ कम्पनीको सेयर मूल्य घटेको छ।

ADVERTISEMENT

गत साता आइतबार २६.५३ अंक र सोमबार ९.१९ अंकले बढेको बजार मंगलबार २८.९१ अंकले बढेको थियो। बुधबार बजार ३४.४२ अंकले बढेको बजार साताको अन्तिम कारोबारमा बिहीबार ९.१४ अंकले बढेर २७०३.९७ बिन्दुमा पुगेको थियो।

ADVERTISEMENT

आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्सको ८० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, गार्डियन माइक्रो लाइफको ४१ करोड, एनआरएन इन्फ्राइस्ट्रक्चर एन्ड डेभलपमेन्टको २४ करोड, साहस ऊर्जाको २० करोड र न्यादी गुप्रको १९ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आज राप्ती हाइड्रो एन्ड जनरलको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।