काठमाडौं । अमेरिकाले व्यापार साझेदार देशहरुका लागि नयाँ भन्सार दर तोकेको छ । बिहीबार राति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार साझेदार देशहरूका लागि भन्सारको नयाँ दर तोकिएको कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् ।
ट्रम्पले नयाँ घोषणा गरेको भन्सार दर १० प्रतिशतदेखि ५० प्रतिशतसम्म तोकिएको छ । अमेरिकी पत्रिका द न्यूयोर्क टाइम्सका अनुसार ट्रम्पले क्यानडामाथिको भन्सार दर २५ प्रतिशतबाट बढाएर ३५ प्रतिशत पु¥याएका छन् ।
त्यस्तै बोलिभिया, इक्वेडर, आइसल्याण्ड र नाइजेरियालाई १५ प्रतिशत, श्रीलंका र ताइवानलाई २० प्रतिशत भन्सार तोकेका छन् । सिरिया, लाओस र म्यानमारलाई उच्च भन्सार लाग्ने भएको छ । समाचारहरुका अनुसार यी देशहरूमा ४० देखि ४१ प्रतिशत भन्सार तोकिएको छ ।
अमेरिकाले चीनमा यसअघिदेखि नै ३० प्रतिशत भन्सार लगाउँदै आएको छ । त्यो समय अगस्ट १२ मा सकिाँदैछ । ट्रम्पले भारतलाई २५ प्रतिशत भन्सार लगाउने घोषणा यसअघि नै गरिसकेका छन् । ट्रम्पले घोषणा गरेको नयाँ भन्सार दर अगस्ट ७ देखि लागू हुने छ ।





