काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज समुद्री मार्ग हुँदै आवतजावत गर्ने जहाजमा २० प्रतिशत कार्गो शुल्क लगाउने प्रस्ताव फिर्ता लिएका छन्। यसको सट्टा खाडी मुलुकहरूसँग ठूला व्यापार तथा लगानी सम्झौतामार्फत अमेरिकामा ठूलो लगानी भित्र्याउने रणनीति अघि सारेका छन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत मध्यपूर्वका नेताहरूसँग भएको सकारात्मक छलफलपछि शुल्कको प्रस्ताव फिर्ता लिएको जानकारी दिएका हुन्। उनका अनुसार नयाँ व्यापार तथा लगानी सम्झौताबाट अमेरिकामा नयाँ उद्योग स्थापना हुने र लाखौं रोजगारी सिर्जना हुनेछ।

ADVERTISEMENT

यसअघि ट्रम्पले स्ट्रेट अफ होर्मुजको सुरक्षा अमेरिकाले गरिरहेकाले उक्त जलमार्ग प्रयोग गर्ने कार्गोमा २० प्रतिशत शुल्क उठाइने घोषणा गरेका थिए। साथै, इरानी जहाज र इरानी बन्दरगाहसँग सम्बन्धित कार्गोमाथि पूर्ण प्रतिबन्ध कायम रहने बताएका थिए।

ADVERTISEMENT

ट्रम्पको उक्त प्रस्तावपछि इरानले अमेरिकाको भूमिकाको विरोध गर्दै स्ट्रेट अफ होर्मुजमा अमेरिकी हस्तक्षेप स्वीकार्य नहुने चेतावनी दिएको थियो। अमेरिका–इरानबीच बढ्दो सैन्य तनावका बीच ट्रम्पले शुल्कको प्रस्ताव फिर्ता लिए पनि इरानमाथिको प्रतिबन्ध र परमाणु हतियार विकास रोक्ने अमेरिकी नीति भने यथावत् रहने स्पष्ट पारेका छन्।