काठमाडौं, यो साता शेयर बजार परिसुचक नेप्से २७ सय ३१ दशमलव ९४ बिन्दुमा सिमित भएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ६७ दशमलव ५५ बिन्दुुमा सिमित भएको छ । नियमित कारोबारको लागि सातामा पाँच कार्य दिन नैं खुलेको नेप्से दुई कार्यदिन झिनो अंकले बढेपनि बाँकी दिनहरुमा घटेको थियो । जसले गर्दा नेप्से परिसुचक एवं कारोबार रकममा गत साताको तुलनामा अपेक्षाकृतरुपमा सुधार आउन सकेन । 

यो साता तीन सय ३९ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसअनुुसार दुई लाख ६३ हजार एक सय ९७ पटकको कारोबारमा चार करोड १६ लाख ५४ हजार चार सय ६६ कित्ता शेयर खरिद–बिक्री हुुँदा कुल कारोबार रकम १९ अर्ब १० करोड ४२ लाख २८ हजार सात सय ८१ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा दुई अर्ब रुपैंयाँले बढी हो । गत साता तीन सय ४१ वटा कम्पनीहरुको सेयर कारोबार भएका थिए । जसअनुुसार दुई लाख ७६ हजार पाँच सय ८० पटकको कारोबारमा तीन करोड ९१ लाख दुई हजार छ सय ६२ कित्ता शेयर खरिद–बिक्री हुुँदा कुल कारोबार रकम १७ अर्ब १२ करोड १० लाख ६४ हजार आठ सय चार १४ रुपैयाँ पुगेको थियो । यो साता पहिलो र पाँचौं दिन उकालो लागेको नेप्से परिसुचक त्यसपछिका बाँकी दिनहरुमा ओरालोे लागेको थियो । 

ADVERTISEMENT

दैनिक शेयर कारोबारको बिश्लेषण गर्दा साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसुचक ३८ दशमलव १९ अंकले उकालो लागेर दुई हजार सात सय ८३ दशमलव ८५ बिन्दुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव शुन्य आठ अंकले उकालो लागेर चार सय ७३ दशमलव ४१ बिन्दुमा चढेको थियो । दोस्रो कारोबार दिन मंगलबार भने नेप्से परिसुचक ३९ दशमलव ४४ अंकले ओरालो लागेर दुई हजार सात सय ४४ दशमलव ४० बिन्दुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव १५ अंकले ओरालो लागेर चार सय ६८ दशमलव २६ बिन्दुमा झरेको थियो । तेस्रो दिन बुधबार पनि नेप्से परिसुचक चार दशमलव १५ अंकले ओरालो लागेर दुई हजार सात सय ४० दशमलव २५ बिन्दुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ७० अंकले ओरालो लागेर चार सय ६७ दशमलव ५५ बिन्दुमा झरेको थियो । चौथो दिन बिहिबार पनि नेप्से परिसुचक १० दशमलव शुन्य सात अंकले ओरालो लागेर दुई हजार सात सय ३० दशमलव १७ बिन्दुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ३४ अंकले ओरालो लागेर चार सय ६७ दशमलव २० बिन्दुमा झरेको थियो । पाँचौं दिन शुक्रबार पनि नेप्से परिसुचक एक दशमलव ७७ अंकले उकालो लागेर दुई हजार सात सय ३१ दशमलव ९४ बिन्दुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ३४ अंकले उकालो लागेर चार सय ६७ दशमलव ५५ बिन्दुमा चढेको थियो । 

यो साता बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा रिलायन्स स्पीनिङ मिल्स, युनियन हाईड्रो पावर लिमिटेड आदि परेका छन् भने शेयर कारोबार भएको संख्याको आधारमा नेशनल हाईड्रोवार कम्पनी लिमिटेड, होटल फरेष्ट इन नेपाल लिमिटेड आदि अगाडि परेका छन् । बजार पुँजीकरणका आधारमा भने नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेका छन् । 

दैनिक सेयर कारोबार तालिका