काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा उच्च गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार हजार रुपैयाँले घटेको छ ।
महासंघका अनुसार शुक्रबार नेपाली बजारमा सुन प्रतितोला दुई लाख ९८ हजार ५०० रुपैयाँमा किनबेच भइरहेको छ । बिहीबार सुन तीन लाख दुई हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।
शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला पाँच हजार ३९० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी पाँच हजार ७४५ रुपैयाँ प्रतितोलामा किनबेच भएको थियो ।








