काठमाडौैं । सरकारले संसदमा पेस गरेको नीति तथा कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने भनेपछि हंगामा भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाका सांसदहरू कुर्सीबाट उठेर नाराबाजी लगाइरहेका छन् । सभामुख डिपी अर्यालले सांसदहरूलाई शान्त रहन आग्रह गर्दै आए पनि विपक्षी सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाह बालेन उपस्थित नभएसम्म सदनका कामकारबाही अघि नबढाउन भन्दै नाराबाजी गरिरहेका छन् ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङलगायतका सांसदहरू सदनबाट बाहिरिएका छन् । उनले सदनमा प्रधानमन्त्री आउन नसक्ने हो भने राजीनामा दिनुपर्ने माग गरेका छन् । सांसदहरुले आजकाे कार्यसूची सच्याउन माग गरेका छन् ।

ADVERTISEMENT

ADVERTISEMENT