काठमाडौं । एमालेले पार्टीमा नीति र नेतृत्वको सुरक्षाका लागि भन्दै शुक्रबार नेसनल भोलेन्टियर फोर्स घोषणा गर्दैछ । फोर्स घोषणाअघि एमाले निकट युवाहरूले र्याली गरेका छन् ।
भोलेन्टियर फोर्सले काठमाडौंको बबरमहल क्षेत्रमा मार्चपास गरिरहेको छ। एमाले नेता मधेश बस्नेत, युवा संघका अध्यक्ष क्षितिज थेबे, रामेश्वर फुयाल, युवा संघ इन्चार्ज राजीव पहारी, रामकुमारी झाक्रीलगायत नेता मार्चपासमा छन्।
उनीहरू अहिले बानेश्वरतर्फ अघि बढिरहेका छन्। फर्किएर आएर बबरमहल हाइटमा रहेको कार्की बैंक्वेटमा भेला गर्ने र फोर्स घोषणा गर्ने कार्यतालिका छ। बबरमहलको कार्की व्यांक्वेटमा अध्यक्ष केपी ओलीले फोर्सको घोषणा गर्ने कार्यक्रम छ ।
समाजमा बढेको असुरक्षा, अशान्ति र भदौ २३-२४ को घटनापछि आम मानिसको खस्किएको मनोबल उठाउन एनभीएफ घोषणा गर्न लागिएको एमालेले जनाएको छ ।
एमाले नेता बस्नेतले जेनजीको नाममा आफ्ना गतिविधिहरूमा जहाँ अवरोध हुन्छ त्यहा प्रतिरोध गर्ने चेतावनी दिएका छन् । शुक्रबार बबरमहलमा युवाहरूको प्रदर्शनको नेतृत्व गर्दै बस्नेतले प्रतिवाद गर्ने चेतावनी दिएका हुन् ।









