काठमाडौँ । एमालेको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा विदेशका राजनीतिक दलका प्रतिनिधिहरु सहभागी नहुने भएका छन् ।

छोटो समयमै महाधिवेशन गर्नुपरेकाले यसपटक विदेशका मैत्री तथा भाइचारा सम्बन्ध भएका राजनीतिक दललाई नबोलाउने निर्णय भएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

ADVERTISEMENT

‘महाधिवेशनको समय छोटो समयमा नै तोक्यौँ । समय कम भएकाले उहाँहरुलाई नबोलाउने निर्णय गरेका हौँ,’ उनले भने, ‘महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना सन्देशमा भने आउने छ ।’

ADVERTISEMENT

यसअघि एमालेले चीन, भारत, भियतनामलगायत मैत्री तथा भाइचारा सम्बन्ध भएका करिब ५० राजनीतिक दललाई महाधिवेशनको उद्घाटन सत्रमा अतिथिका रुपमा बोलाउने गरेको थियो । एमाले महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदैछ ।

एमाले महाधिवेशन आउन अब दस दिन मात्र बाँकी छ । अहिले जिल्ला जिल्लाबाट महाधिवेशन प्रतिनिधि छनोट भइरहेको छ । महाधिवेशनमा अध्यक्ष केपी ओली तेस्रोपटक दोहोरिने प्रयासमा छन् । जेनजी आन्दोलनले सत्ताबाट बर्खास्त भएपछि ओलीमाथि नैतिक संकट परेकाले पनि विदेशी प्रतिनिधि नबोलाउने निर्णय भएको नेताहरूको बुझाइ छ ।

ADVERTISEMENT