काठमाडौं। नेपाली बैंकिङ क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै जाँदा डिजिटल बैंकिङले छलाङ मार्दै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार मोवाईल र इन्टरनेट बैंकिङ प्रयोगकर्ता ग्राहकको संख्या उच्चरुपमा बढ्नुले पनि डिजिटल बैंकिङले नेपाली बैंकिङ क्षेत्रमा छलाङ मार्दै गएको देखिएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा मोवाईल बैंकिङ प्रयोगकर्ताहरुको कुल संख्या दुई करोड ९४ लाख ६३ हजार पाँच सय ३९ पुगेको छ । यो संख्या गत आवको सोही अवधिको तुलनामा २७ लाख छ हजार तीन सय ४५ ले बढी हो । गत आवको सोही अवधिमा बैंकिङ क्षेत्रमा मोवाईल बैंकिङ प्रयोगकर्ताहरुको कुल संख्या दुई करोड ६७ लाख ५७ हजार एक सय ९४ रहेको थियो । चालु आवको फागुन मसान्तसम्ममा इन्टरनेट बैंकिङ प्रयोगकर्ताहरुको कुल संख्या भने २३ लाख ७४ हजार पाँच सय ९० रहेको छ । यो संख्या गत आवको सोही अवधिको तुलनामा दुई लाख ३३ हजार एक सय ६७ ले बढी हो । गत आवको सोही अवधिमा इन्टरनेट बैंकिङ प्रयोगकर्ता ग्राहकहरुको कुल संख्या २१ लाख ४१ हजार चार सय २३ रहेको थियो ।
राष्ट्र बैंकका अनुसार चालु आवको पछिल्लो अवधिमा सञ्चालनमा रहेका २० वटा बाँणिज्य बैंकहरुमा मात्र मोवाईल बैंकिङ र इन्टरनेट बैंकिङ प्रयोगकर्ताहरुको संख्या क्रमशः दुई करोड ५२ लाख ५० हजार दुई सय ८० र १७ लाख ४५ हजार तीन सय ७० रहेको छ । यो संख्या गत आवको सोही अवधिको तुलनामा क्रमशः २३ लाख २६ हजार छ सय १९ र दुई लाख ९६ ले बढी हो । गत आवको सोही अवधिमा बाँणिज्य बैंकहरुमा मोवाईल बैंकिङ र इन्टरनेट बैंकिङ प्रयोगकर्ताहरुको संख्या क्रमशः दुई करोड २९ लाख २३ हजार छ सय २१ र १५ लाख ३५ हजार दुई सय ७४ रहेको थियो । सञ्चालनमा रहेका १७ वटा बिकास बैंकहरुमा मात्र भने चालु आवको पछिल्लो अवधिमा मोवाईल बैंकिङ र इन्टरनेट बैंकिङ प्रयोगकर्ताहरुको संख्या क्रमशः ३८ लाख ८६ हजार चार सय ८२ र छ लाख नौं हजार ९२ रहेको छ । यो संख्या गत आवको सोही अवधिको तुलनामा क्रमशः तीन लाख ३३ हजार २५ र २० हजार पाँच सय ३३ ले बढी हो । गत आवको सोही अवधिमा बिकास बैंकहरुमा मोवाईल बैंकिङ र इन्टरनेट बैंकिङ प्रयोगकर्ताहरुको संख्या क्रमशः ३५ लाख ५३ हजार चार सय ५७ र पाँच लाख ८८ हजार पाँच सय ५६९ रहेको थियो ।
सञ्चालनमा रहेका १७ वटा फाईनान्स कम्पनीहरुमा मात्र भने चालु आवको पछिल्लो अवधिमा मोवाईल बैंकिङ र इन्टरनेट बैंकिङ प्रयोगकर्ताहरुको संख्या क्रमशः तीन लाख २६ हजार सात सय ७७ र २० हजार एक सय २८ रहेको छ । यो संख्या गत आवको सोही अवधिको तुलनामा क्रमशः ४६ हजार सात सय एक र दुई हजार पाँच सय ३८ ले बढी हो । गत आवको सोही अवधिमा फाईनान्स कम्पनीहरुमा मोवाईल बैंकिङ र इन्टरनेट बैंकिङ प्रयोगकर्ताहरुको संख्या क्रमशः दुई लाख ८० हजार ७६ र १७ हजार पाँच सय ९० रहेको थियो ।
नेपालमा मोवाईल र इन्टरनेट बैंकिङ प्रयोकर्ताहरुको संख्या
(श्रोत नेपाल राष्ट्र बैंक)






