काठमाडौं । भोटेकोसी बाढीले सडक पूर्वाधारमा ३० अर्बको क्षति पुर्‍याएको छ । सडक विभागले मंगलबा पत्रकार सम्मेलन गर्दै उक्त क्षतिबारे जानकारी गराएको हो ।

विभागका अनुसार रणनीतिक सडक सञ्जालका ४० किलोमिटर सडक पूर्ण क्षति पुगेको छ । यस्तै, बाढीले ३१ भन्दा बढी पुलमा क्षति पुर्‍याएको विभागका महानिर्देशक विजय जैसीले बताए ।

ADVERTISEMENT

”कम्तीमा पनि ३० अर्बको क्षतिको आकलन भएको छ । पुनर्निर्माणका लागि ५० अर्ब बढी खर्च हुनेदेखिन्छ । जिल्ला सदरमुकाम जोड्ने पुल लामो बनाउनुपर्ने पाठ हामीले सिकेका छौँ । यसले लागत बढाउने छ,” उनले भने ।

ADVERTISEMENT

सडक विभागले सडक मर्मतका लागि एक दर्जनभन्दा बढी उपकरण परिचालन गरिएको बताएको । संभव भएका स्थानमा तत्काल सडक खुलाउने जैसीले बताए ।