काठमाडौं – आधा दर्जन भन्दा बढी बैंकहरु मार्फत बाढीपीडितहरुको राहतको लागि झण्डै सात अर्ब रुपैंयाँ सहयोग रकम संंकलन भएको छ ।
सञ्चालनमा रहेका २० वटा मध्ये आठ वटा बैंकहरुमार्फत प्रधानमन्त्री दैवीप्रकोप उद्धारा कोषमा कुल छ अर्ब ५५ करोड ३३ लाख ६२ हजार रुपैंयाँ सहयोग रकम संकलन भएको हो ।
अर्थमन्त्रालयका अनुसार यो रकम यही भदौ १२ गते शुक्रबारसम्म संकलन भएको हो । संकलित रकम मध्येमा सरकारी स्वामित्वको राष्ट्रिय बाँणिज्य बैंकमार्फत तीन अर्ब २७ करोड ९० लाख दुई हजार तीन सय ३५ रुपैंयाँ संकलन भएको छ भने एभरेष्ट बैंक मार्फत एक अर्ब ९५ करोड २७ लाख १८ हजार एक सय ८५ रुपैंयाँ संकलन भएको छ ।
यसैगरी स्टान्र्डड चार्टड बैंकमार्फत पनि ३० करोड ६२ लाख ८८ हजार सात सय ५४ रुपैंयाँ संकलन हुँदा हिमालयन बैंकमार्फत २३ करोड १७ लाख १४ हजार नौं सय ५३ रुपैंयाँ सकलन भएको छ ।
अर्थमन्त्रालयका अनुसार नबिल बैंकमार्फत पनि शुक्रबार साँझसम्म १५ करोड ४० लाख ४७ हजार सात सय रुपैैंयाँ सहयोग रकम संकलन हुँदा नेपाल बैंकमार्फत नौं करोड २३ लाख ८८ हजार छ सय रुपैैयाँ सहयोग रकम संकलन भएको छ ।
कृषि बिकास बैंकमार्फत पनि बिभिन्न दाताहरुले दिएको नौं करोड ५२ लाख ६२ हजार सात सय १५ रुपैंयाँ सहयोग रकम संकलन भएको छ । लक्ष्मी सनराईज बैंकमार्फत पनि पछिल्लो अवधिसम्ममा तीन करोड ८० लाख ८५ हजार सात सय १५ रुपैंयाँ बराबरको सहयोग रकम संकलन भएको छ ।
क्र.सं. बैंकको नाम संकलित सहयोग रकम
राष्ट्रिय वाणिज्य बैंक ३ अर्ब २७ करोड ९० लाख
एभरेस्ट बैंक १ अर्ब ९५ करोड २७ लाख
स्ट्यान्डर्ड चार्टर्ड बैंक ३० करोड ६२ लाख ८८ हजार
हिमालयन बैंक २३ करोड १७ लाख १४ हजार
नबिल बैंक १६ करोड ४० लाख ४७ हजार
नेपाल बैंक ९ करोड २३ लाख ८८ हजार
कृषि विकास बैंक ९ करोड ५२ लाख ६२ हजार
लक्ष्मी सनराइज बैंक ३ करोड ८० लाख ८५ हजार
कुल ६ अर्ब ५५ करोड ३३ लाख