काठमाडौँ । संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आजको संयुक्त बैठकमा नीति तथा कार्यक्रमलाई वाचन गरेका हुन् । यसअघि प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपति पौडेलसमक्ष सम्बोधनको प्रति हस्तान्तरण गरेका थिए ।

ADVERTISEMENT

सरकारले सबै आर्थिक कारोबारलाई डिजिटल बनाउने योजना अगाडि सारेको छ । राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कारोबार नगदरहित बनाइने बताएका हुन् ।
यस्तै, करका संरचनाहरूको पुनरावलोकन गरिने भएको छ । भन्सार नाकामा न्यून विजिकीकरण गरिने भएको छ । साथै पुँजी बजारलाई सुरक्षित रूपमा विकास गरि अन्तर्राष्ट्रिय अभ्यास अबलम्बन गरिने भएको छ ।

त्यस्तै, सहकारी संस्थाको नियमन र व्यवस्थित बनाउनका लागि राष्ट्रिय सहकारी नियमन प्राधिकरणको क्षमतालाई बढाइने भएको छ ।

सहकारीका कर्जा असुली मार्फत बचतकर्ताको रकम फिर्ता गरिने भएको छ । वैदेशिक सहायताबाट प्राप्त भएको ऋणलाई प्रतिफल दिने आयोजनाहरूमा लगानी गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।