काठमाडौं। सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
राष्ट्रपतिले संविधानअनुसार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको प्राथमिकता, विकास रणनीति, आर्थिक सुधार, पूर्वाधार विकास, सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य, कृषि, ऊर्जा तथा सुशासनसँग सम्बन्धित नीति तथा कार्यक्रम पढेर सुनाए।
सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा आर्थिक पुनरुत्थान, रोजगारी सिर्जना, उत्पादन वृद्धि, लगानी प्रवर्द्धन, डिजिटल सुशासन, पूर्वाधार विस्तार तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयलाई प्राथमिकता दिइएको छ।त्यसैगरी शिक्षा, स्वास्थ्य, पर्यटन, ऊर्जा, कृषि आधुनिकीकरण तथा निजी क्षेत्रसँगको सहकार्यलाई पनि विशेष जोड दिइएको छ।
संघीय संसद्मा प्रस्तुत नीति तथा कार्यक्रम आगामी आर्थिक वर्षको बजेट निर्माणको आधारका रूपमा रहनेछ।अब नीति तथा कार्यक्रममाथि संसद्मा छलफल हुने र त्यसपछि सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछ।
(पूर्णपाठ हेर्नुहोस्)










