काठमाडौं। विपक्षी दलहरूको निरन्तर अवरोधपछि प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित गरिएको छ।सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिको माग गर्दै विपक्षी दलहरूले विरोध जनाएपछि बैठक स्थगित गरिएको हो।

बुधबार पटक–पटक स्थगित हुँदै तेस्रोपटक बसेको बैठकमा पनि विपक्षी सांसदहरूले उठेर विरोध जनाएका थिए।अवरोध जारी रहेपछि सभामुख डोल प्रसाद अर्यालले कार्यसूचीमा रहेका सम्पूर्ण कार्यक्रम हटाइएको जानकारी गराए।

ADVERTISEMENT

सभामुखले सरकारको नीति तथा कार्यक्रममाथिको संशोधन प्रस्ताव प्रस्तुत गर्न, छलफलमा भाग लिन तथा जवाफ दिने कार्यका लागि वैशाख ३१ गतेको समय निर्धारण गर्दै बैठक स्थगित भएको घोषणा गरे।विपक्षी दलहरूले प्रधानमन्त्रीको प्रत्यक्ष उपस्थितिमा मात्रै छलफल अघि बढाउनुपर्ने अडान राखेका छन्।

संसद्मा जारी अवरोधका कारण सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रभावित भएको छ।