काठमाडौं। बैंकिङ क्षेत्रमा तीन खर्ब १४ अर्ब रुपैंयाँ भन्दा बढी कर्जा निष्क्रिय देखिएको छ । चालु आर्थिक बर्षको पछिल्लो नौ महिनाको अवधिमा लघुवित्त बाहेकका सबै किसिमका बैंक तथा फाईनान्स कम्पनीहरुले कुल ५८ खर्ब ४४ अर्ब ७० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा पाँच दशमलव ४२ प्रतिशतका दरले हुन आउने कुल तीन खर्ब १४ अर्ब ५९ करोड ८८ लाख ५९ हजार चार रुपैंयाँ बराबरको कर्जा निष्क्रिय देखिएको हो । यो कर्जा गत आवको सोही अवधिको तुलनामा शुन्य दशमलव पाँच प्रतिशत अर्थात ४६ अर्ब १६ करोड ५० लाख ३७ हजार रुपैंयाँले बढी हो । गत आवको सोही अवधिमा बैंकिङ क्षेत्रले कुल ५४ खर्ब ५५ अर्ब ९७ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा चार दशमलव ९२ प्रतिशतका दरले हुन आउने दुई खर्ब ६८ अर्ब ४३ करोड ३८ लाख २२ हजार चार सय रुपैंयाँ बराबरको कर्जा निष्क्रिय देखिएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको पछिल्लो अवधिमा वाणिज्य बैंकहरुले मात्र कुल ५१ खर्ब ६१ अर्ब ४३ करोड ३० लाख रुपैंयाँ कर्जा प्रवाह गर्दा पाँच दशमलव २६ प्रतिशतका दरले हुन आउने दुई खर्ब ७१ अर्ब ४९ करोड १३ लाख ७५ हजार आठ सय रुपैंयाँ बराबरको कर्जा निष्क्रिय देखिएको छ । यो कर्जा गत आवको सोही अवधिको तुलनामा शुन्य दशमलव ५३ प्रतिशत अर्थात ४२ अर्ब ५५ करोड ६५ लाख ३७ हजार आठ सय रुपैंयाँले बढी हो । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरुले कुल ४८ खर्ब ४० अर्ब छ करोड रुपैंयाँ कर्जा प्रवाह गर्दा चार दशमलव ७३ प्रतिशतका दरले हुन आउने दुई खर्ब २८ अर्ब ९३ करोड ४८ लाख ३८ हजार रुपैंयाँ बराबरको कर्जा निष्क्रिय देखिएको थियो ।

ADVERTISEMENT

बिकास बैंकहरुले पनि चालु आवको पछिल्लो अवधिमा कुल पाँच खर्ब ३८ अर्ब ६७ करोड १० लाख रुपैंयाँ कर्जा प्रवाह गर्दा पाँच दशमलव ७५ प्रतिशतका दरले हुन आउने ३० अर्ब ९७ करोड ३५ लाख ८२ हजार पाँच सय रुपैंयाँ बराबरको कर्जा निष्क्रिय देखिएको छ । यो कर्जा गत आवको सोही अवधिको तुलनामा शुन्य दशमलव ६४ प्रतिशत अर्थात चार अर्ब ६९ करोड ४४ लाख ३६ हजार छ सय रुपैंयाँले बढी हो । गत आवको सोही अवधिमा बिकास बैंकहरुले कुल पाँच खर्ब १४ अर्ब २६ करोड ९० लाख रुपैंयाँ कर्जा प्रवाह गर्दा पाँच दशमलव ११ प्रतिशतका दरले हुन आउने २६ अर्ब २७ करोड ९१ लाख ४५ हजार नौं सय रुपैंयाँ बराबरको कर्जा निष्क्रिय देखिएको थियो ।

राष्ट्र बैंकका अनुसार चालु आवको पछिल्लो नौं महिनाको अवधिमा फाईनान्स कम्पनीहरुले पनि एक खर्ब चार अर्ब तीन करोड ४० लाख रुपैंयाँ बराबरको कर्जा प्रवाह गर्दा ११ दशमलव ८६ प्रतिशतका दरले हुन आउने १२ अर्ब ३७ करोड चार लाख ५४ हजार चार सय रुपैंयाँ बराबरको कर्जा निष्क्रिय देखिएको छ । यो कर्जा गत आवको सोही अवधिको तुलनामा शुन्य दशमलव ९९ प्रतिशत अर्थात ६९ करोड छ लाख ७१ हजार एक सय रुपैंयाँले कम हो । गत आवको सोही अवधिमा फाईनान्स कम्पनीहरुले एक खर्ब एक अर्ब ६४ करोड ३० लाख रुपैैंयाँ कर्जा प्रवाह गर्दा १२ दशमलव ८५ प्रतिशतका दरले हुन आउने १३ अर्ब छ करोड ११ लाख २५ हजार पाँच सय रुपैंयाँ बराबरको कर्जा निष्क्रिय देखिएको थियो ।
बैंकिङ क्षेत्रमा रहेको निष्क्रिय कर्जा (रकम रु १० लाखमा)