काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्ने भएको छ । विभिन्न समसामयिक विषयमा छलफल गर्न आइतबार बिहान ११ बजे बैठक बस्न लागेकाे पार्टी प्रवक्ता मनिष झाले बताए ।
पार्टीको केन्द्रीय कार्यालय, घण्टीघर, वनस्थलीमा बैठक बस्दै छ । उनका अनुसार पार्टी सभापतिको निर्देशनअनुसार पार्टी सचिवालय बैठक बस्न लागेको हो ।
बैठकमा स्थानीय तह उम्मेदवार छनोट रुपरेखा- ०८३, महाधिवेशन कार्यविधि-०८३, संसदीय दलको विधान संशोधनलगायत विषयमा बैठकमा छलफल हुने जनाइएको छ ।






