काठमाडौं । सर्लाही–४ मा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार गगन थापा पछि परेका छन्।

प्रारम्भिक मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अमरेशकुमार सिंहले एक हजार ९०८ मत प्राप्त गरी अग्रस्थानमा छन्। नेपाली कांग्रेसका थापाले भने ५३६ मत प्राप्त गरेका छन्।

ADVERTISEMENT

सर्लाही–४ मा शुक्रबार बिहान १० बजेदेखि मतगणना सुरु भएको निर्वाचन कार्यालयले जनाएको छ। प्रारम्भिक नतिजामा रास्वपाका उम्मेदवार सिंहले उल्लेख्य अग्रता लिएका छन् भने अन्य दलका उम्मेदवारको मत विवरण आउन बाँकी रहेको बताइएको छ।

ADVERTISEMENT