काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैकोे मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला तीन हजार ४०० र चाँदी १३५ रुपैयाँले बढेको जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९६ हजार १०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ९४५ रुर्पैयाँ कायम भएको छ ।

ADVERTISEMENT

बिहीबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९२ हजार ७०० र त्यति नै परिमाणको चाँदी चार हजार ८१० रुपैयाँमा कारोबार भएको थियो । बुधबार एक तोला सुन दुई लाख ९४ हजार ५०० र एक तोला चाँदी चार हजार ९१५ मा किनबेच भएको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६५० र त्यति नै परिमाणको चाँदी ७६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।