काठमाडौँं । बुुधबार स्थानीय बजारमा सुनको मूल्य बढेको छ ।
मंगलबार तोलामा १ लाख ९३ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार १ हजार ४०० रुपैयाँले बढेर तोलामा १ लाख ९४ हजार ४०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तराष्ट्रिय बजारमा मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । एक साता अघि एक लाख ९७ हजार पुुगेको सुनको मूल्य घटेर एक लाख ९३ हजारमा झरेको थियो । अन्तराष्ट्रिय बजारमा अस्थिर हुँदा सुनको मूल्य घट्बढ भइरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले वृद्धि भएको छ । मंगलबार तोलाको २ हजार ३०० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार तोलामा २ हजार ३१० रुपैयाँ पुगेको महासंघले जनाएको छ।