काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनको मूल्य एक हजार नौ सय रुपियाँ बढेर दुुई लाख नजिक पुुगेको छ ।
सोमबार तोलामा १ लाख ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार तोलामा १ हजार ९ सय रुपैयाँले बढेर १ लाख ९८ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तराष्ट्रिय बजारमा मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । पछिल्लो समय अन्तराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढ्दै गएको छ ।
यस्तै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ । सोमबार तोलामा २ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार २ हजार २ सय ८० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।






