काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुन प्रतितोला ७२ सय रुपैयाँले बढेको हो ।

नयाँ मूल्यअनुसार एक तोला सुन खरिद गर्नुपर्दा दुई लाख ९९ हजार रुपैयाँ खर्चिनुपर्नेछ । सुन मंगलबार दुई लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि बढेको छ । आज तोलामा २०५ रुपैयाँले बढेर चाँदी पाँच हजार २५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चार हजार ८२० रुपैयाँ रहेको थियो ।

ADVERTISEMENT

अमेरिका र इरानबिच दुई हप्ते युद्धविरामको सहमति भएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा ठूलो उछाल आएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको आक्रमण तत्कालका लागि स्थगित गर्ने निर्णय गरेपछि बजारमा उर्जा संकट र महँगी बढ्ने त्रास केही कम भए पनि लगानीकर्ताहरू सुरक्षित लगानीतर्फ आकर्षित हुँदा सुनको भाउ बुधबार तीन हप्तायताकै उच्च विन्दुमा पुगेको हो।

ADVERTISEMENT

अन्तर्राष्ट्रिय बजारमा स्पट गोल्डको मूल्य २।३ प्रतिशतले बढेर प्रतिऔँस ४,८१२।४९ अमेरिकी डलर कायम भएको छ। कारोबारको सुरुवाती चरणमा त सुनको भाउ ३ प्रतिशतभन्दा बढीले बढेर गत मार्च १९ पछिकै उच्च स्तरमा पुगेको थियो।