काठमाडौँ । स्थानीय बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा छापावाल सुन तोलामा ६०० रुपैयाँ घटेको हो । शुक्रबार छापावाल सुन तोलामा १ लाख ९६ हजार २०० रुपैयाँ कायम भएको छ । बिहीबार सोही सुन तोलामा १ लाख ९६ हजार ८०० रुपैयाँ थियो ।
अन्तराष्ट्रिय बजारमा मूूल्य घट्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । यस अघि एक लाख ९९ हजार ६ सय रुपैयाँ पुुगेको सुनको मूल्य पछिल्लो समय घट्दै गएको छ ।
यस्तै शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। बिहीबार तोलामा २ हजार ३४० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार घटेर तोलामा २ हजार ३१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।






