काठमाडौं, नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरी हाल सुधारको क्रममा रहेको क्षेत्रियस्तरको कर्णाली बिकास बैंक बाहेक सबै बिकास बैंकहरुले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक भएका मध्ये १३ वटा बिकास बैंकहरुले नाफा कमाउँदा क्षेत्रियस्तरको नारायणी, सालपा र सिन्धु बिकास बैंक भने खुद नोक्सानीमा देखिएको छ ।
अपरिष्कृत वित्तीय विवरण अनुसार चालु आवको तेस्रो त्रैमासमा बिकास बैंकहरु मध्येमा गरिमा बिकास बैंकले सबै भन्दा बढी नाफा कमाएको छ भने मुक्तिनाथ बिकास बैंक बढी नाफा कमाउनेमा दोस्रो स्थानमा परेको छ । निष्क्रिय कर्जा (एनपिएल) चार दशमलव ७८ प्रतिशत रहेको गरिमाले पछिल्लो अवधिमा एक अर्ब चार करोड ८२ लाख ३१ हजार रुपैंयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा ७३ करोड ३४ लाख १९ हजार रुपैंयाँ खुद मुनाफा कमाएको यो बैंकमा चार दशमलव ७८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । मुक्तिनाथले भने चालु आवको तेस्रो त्रैमासमा ९४ करोड २६ लाख एक हजार रुपैंयाँ खुद मुनाफा कमाएको छ भने चार दशमलव ८८ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यो बैंकले ७२ करोड ४९ लाख ५२ हजार रुपैंयाँ खुद मुनाफा कमाउँदा चार दशमलव ४१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । शाईन रेसुंगा, ज्योति र कामना सेवाले भने चालु आवको तेस्रो त्रैमासमा क्रमशः ७८ करोड ८४ लाख चार हजार, ६२ करोड ९४ लाख ६२ हजार र ५८ करोड ८६ लाख ९८ हजार रुपैंयाँ खुद मुनाफा कमाउँदा क्रमशः चार दशमलव ९२, सात दशमलव ८३ र चार दशमलव ४० प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यि बैंकहरुले क्रमशः ५१ करोड ४० लाख १४ हजार, तीन करोड छ लाख ११ हजार ४९ करोड ३१ लाख ८४ हजार रुपैंयाँ खुद मुनाफा कमाउँदा क्रमशः चार दशमलव ७६, चार दशमलव ९८ र चार दशमलव २७ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
चालु आवको तेस्रो त्रैमासिक अवधिमा लुम्बिनी, साँग्रिला र महालक्ष्मी बिकास बैंकले पनि क्रमशः ५६ करोड १६ लाख ८३ हजार, ४८ करोड ४५ लाख ३१ हजार र ४५ करोड ९९ लाख ६४ हजार रुपैंयाँ खुद मुनाफा कमाउँदा क्रमशः छ दशमलव ४९, सात दशमलव ८७ र छ दशमलव ५९ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यि बैंकहरुले क्रमशः चार करोड ९७ लाख ८३ हजार, ४३ करोड ४२ लाख १८ हजार र ४३ करोड ६५ लाख ५९ हजार रुपैंयाँ खुद मुनाफा कमाउँदा क्रमशः सात दशमलव १८, चार दशमलव ९७ र चार दशमलव ९९ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । एक्सेल, मितेरी र सप्तकोशी डेभलपमेन्ट बैंकले पनि चालु आवको तेस्रो त्रैमासमा क्रमशः १५ करोड ५७ लाख १७ हजार, नौं करोड ६२ लाख १८ हजार र पाँच करोड ९० लाख २४ हजार रुपैंयाँ खुद मुनाफा कमाउँदा क्रमशः छ दशमलव ५९, शुन्य दशमलव ४८ र सात दशमलव ६० प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा एक्सेलले ६३ लाख ८३ हजार रुपैंयाँ खुद नोक्सानी बेहोर्दा मितेरीले नौं करोड २४ लाख ५६ हजार रुपैंयाँ खुद मुनाफा कमाएको थियो भने सप्तकोशीले पनि दुई करोड ७७ लाख ९७ हजार रुपैंयाँ खुद नोक्सानी बेहोरेको थियो । उक्त अवधिमा यि बैंकहरुमा क्रमशः आठ दशमलव ४६, शुन्य दशमलव ७८ र १२ दशमलव ९१ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो । कर्पोेरेट र ग्रीन डेभलपमेन्ट बैंकले पनि चालु आवको तेस्रो त्रैमासमा क्रमशः चार करोड८२ लाख ६३ हजार र तीन करोड ५२ लाख ४० हजार रुपैंयाँ खुद मुनाफा कमाउँदा क्रमशः छ दशमलव ३६ र चार दशमलव ३२ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यि बैंकहरुले क्रमशः एक करोड ७७ लाख ८१ हजार र दुई करोड १२ लाख ८४ हजार रुपैंयाँ खुद मुनाफा कमाउँदा क्रमशः १३ दशमलव शुन्य नौं र चार दशमलव ८७ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
अपरिष्कृत वित्तीय विवरण अनुसार चालु आवको तेस्रो त्रैमासमा क्षेत्रियस्तरको नारायणी, सिन्धु र सालपा बिकास बैंकले भने क्रमशः चार करोड ९७ लाख ८१ हजार, तीन करोड ३० लाख ७३ हजार र ३१ लाख ८९ हजार रुपैंयाँ खुद नोक्सानी बेहोरेकाछन् । यस अवधिमा यि बैंकहरुमा क्रमश ः पाँच दशमलव ९३, सात दशमलव ९२ र तीन दशमलव ३५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा नारायणीले एक करोड २६ लाख ७४ हजार रुपैैंयाँ खुद नोक्सानी बेहोर्दा सिन्धुले सात करोड ८४ लाख ५१ हजार रुपैंयाँ खुद मुनाफा कमाएको थियो भने सालपाले ३५ लाख ८४ हजार रुपैंयाँ खुद नोक्सानी बेहोरेको थियो । उक्त अवधिमा यि बैंकहरुमा क्रमशः ४४ दशमलव ९६, आठ दशमलव ६४ र छ दशमलव ९२ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
बिकास बैंकहरुले कमाएको नाफा (रकम रु हजारमा, एनपिएल प्रतिशतमा)

(श्रोतः सम्वन्धीत बिकास बैंकको चालु आवको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण)








