काठमाडौं । पेप्सीकोलामा शनिबार राति नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डको नाम लिँदै एक व्यक्तिले आठवटा गाडी तोडफोड गरेका छन् ।

मापसे गरेका एक व्यक्तिले राति १ बजेतिर आठवटा गाडीमा तोडफोड गरेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ। तोडफोड गर्ने व्यक्तिलाई स्थानीयले प्रहरीको जिम्मा लगाएका छन्।