काठमाडौं । माओवादी पदाधिकारी बैठक एक्कासि स्थगित गरिएको छ । दिउँसो २ बजे पार्टी मुख्यालय पेरिसडाँडामा तय गरिएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको हो ।

माओवादी सचिव सचिव गंगानारायण श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताका कारण बैठक स्थगित गरिएको बताए । यसअघि बिहीबार बोलाइएको बैठकसमेत स्थगित भएको थियो । बैठकमा मध्यपहाडी लोकमार्गकेन्द्रित अभियान, समसामयिक राजनीतिक घटना, एकताबाट आएकाहरूको जिम्मेवारीलगायतको एजेण्डा थिए ।

ADVERTISEMENT

शनिबार एक कार्यक्रममा पार्टी उपमहासचिव जनार्दन शर्माले प्रचण्डप्रति लक्षित गर्दै शेषनागले पृथ्वी बोकेको कुरा दन्त्यकथा भइसकेको टिप्पणी गरेका थिए । प्रचण्डले बुधवार सरकारमा नभए पनि राजनीतिको खाँबो आफैँले थेगेजस्तो लागिरहेको बताएका थिए । उनले भनेका थिए– ‘राजनीतिको खाँबो आफैंले थेगे जस्तो लाग्छ । कतै छोड्दा गल्र्यामगुर्लुम ढल्ने पो कि भन्ने चिन्ता लाग्छ ।’

ADVERTISEMENT

प्रचण्डको त्यही अभिव्यक्तिको जवाफ दिँदै शर्माले शेषनाग हल्लिँदा भूकम्प नआउने भन्दै विज्ञानले पृथ्वी किन हल्लिन्छ भन्ने पुष्टि गरिसकेको बताएका थिए । प्रचण्ड र शर्माबीच खटपट भइरहेका बेला पदाधिकारी बैठक स्थगित हुनुलाई सामान्य मानिएको छैन ।