काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रोल्पाबाट चुनावअघिको अन्तिम सार्वजनिक सम्बोधन गर्ने भएका छन्।रोल्पा सदरमुकाम लिबाङस्थित टुँडिखेलमा शनिबार हुने कार्यक्रममा उनले फागुन २१ गते हुने निर्वाचनका लागि सार्वजनिक अपिल गर्ने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ।

चुनावअघि देशभर ठूला कार्यक्रम नरहेको र रोल्पाबाटै सार्वजनिक सन्देश दिने तयारी गरिएको जनाइएको छ।कार्यक्रमलाई भव्य बनाउन पार्टीले व्यापक तयारी गरेको जिल्ला इन्चार्ज राजबहादुर बुढाले बताए। उनका अनुसार लिबाङमा हुने सभामा करिब १५ हजार मानिस सहभागी हुने अपेक्षा गरिएको छ।बुढाले रोल्पाबाट सम्बोधन गर्नु राजनीतिक रूपमा अर्थपूर्ण हुने बताएका छन्।

ADVERTISEMENT

दश वर्षे सशस्त्र द्वन्द्वका क्रममा दाहालले लामो समय रोल्पामा बिताएका थिए। रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका वर्षमान पुन ‘अनन्त’ रोल्पाबाट उम्मेदवार छन्।लिबाङमा हुने सभालाई संयोजक दाहालसँगै उम्मेदवार पुन, पूर्वसभामुख कृष्णबहादुर महरा र पूर्वसभामुख ओनसरी घर्तीमगरलगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

 

ADVERTISEMENT