काठमाडौँ । नेपाली बजारमा सुनचाँदीकोे मूल्यमा निरन्तर गिरावट आइरहेको छ । शुक्रबार सुन प्रतितोला दुई हजार २०० र चाँदी ७५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९६ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ९४५ रुपैयाँ कायम भएको छ ।
बिहीबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९८ हजार ७०० र त्यति नै परिमाणको चाँदी पाँच हजार २० रुपैयामा कारोबार भएको थियो ।
बुधबार छापावाल सुनको मोल प्रतितोला तीन लाख पाँच हजार र त्यति नै परिमाणको चाँदीे पाँच हजार १३० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०५ र त्यति नै परिमाणको चाँदी ७६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।








