काठमाडौं । सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ।

मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मा बसेको बैठकले विभिन्न नीतिगत विषयमा निर्णय गरेको हो।

बैठकपछि सञ्चार, सूचना तथा प्रविधिमन्त्री विक्रम तिमिल्सिना ले निर्णयहरू सार्वजनिक गर्दै तीन वटा ऐन संशोधन गर्न बनेको विधेयक संघीय संसद् मा पेश गर्न स्वीकृति दिइएको जानकारी दिए।

उनका अनुसार सरकार कानुनी सुधारमार्फत केही महत्वपूर्ण क्षेत्रलाई अद्यावधिक गर्ने तयारीमा रहेको छ।

मन्त्रिपरिषद्का मुख्य निर्णयहरू:

  • नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोकत्वमा अर्थ सचिव घनश्याम उपाध्याय र भूवन कुमार दाहाल, काठमाडौं सदस्य रहनेगरी सिफारिस समिति गठन गर्ने ।
  • नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिने । 
  • प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृत दिने ।
  • मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृत दिने ।
  • समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष पदमा डिल्लिराज आचार्य, प्युठान र सदस्य पदमा नवराज सिम्खडा धादिङ र रोशनबहादुर शाक्य ललितपुरलाई नियुक्ति र मनोनयन गर्ने ।