काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बिहान ११.३० बजे बस्ने सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।

ADVERTISEMENT

आजको मन्त्रिपरिषद् बैठकले २१ देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्नसक्ने बुझिएको छ । परराष्ट्रमन्त्री शिशिर खनालले दरखास्त परेका २७ सयमध्येबाट २१ जना छनोट गरिसकेको स्रोतले बतायो ।