काठमाडौं। सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी व्यवस्था गर्ने विधेयक २०८१ संघीय संसद्‌बाट फिर्ता लिन स्वीकृति प्रदान गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त विधेयक संसद्‌बाट फिर्ता लिन स्वीकृति दिने निर्णय गरेको हो। बैठकमा यसअघि सामाजिक सञ्जाल विधेयकप्रति आम जनमानस र विभिन्न सरोकारवालाबाट उठेका सुझाव तथा विवादजन्य विषयलाई ध्यानमा राखिएको जानकारी दिइएको छ।

ADVERTISEMENT

त्यसैगरी मन्त्रिपरिषद् बैठकले निर्माणाधीन संसद भवन परिसरमा जेनजी आन्दोलनका शहीदहरूको सम्मानार्थ शालिक निर्माण गर्न सिंहदरबार परिसरको गुरुयोजनामा आवश्यक संशोधन गर्ने निर्णय पनि गरेको छ। शालिक निर्माणले शहीदहरूको योगदानलाई स्मरण गर्दै राष्ट्रिय गौरवको परियोजनाको रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।

सरकारका प्रवक्ताहरूका अनुसार, यी निर्णयहरूले कानुनी, ऐतिहासिक र सामाजिक संवेदनशीलतालाई समेट्दै कार्यान्वयनमा पारदर्शिता सुनिश्चित गर्ने उद्देश्य राखिएको छ।

ADVERTISEMENT