काठमाडौं । मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले सरकारका मुख्य निर्णयहरू सुनाएका हुन् ।
दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक बसेको थियो । उक्त बैठकले रिक्त रहेका १३ देशका राजदूतसहित सिफारिस गर्ने लगायतका अन्य निर्णयहरू गरेको छ ।
यस्ता छन् निर्णयहरू–
–देहायका व्यक्तिहरूलाई तपसिल बमोजिमका मुलुकहरूमा नेपाली राजदूतको पदमा नियुक्तिका लागि सिफारिस गर्ने र संसदीय सुनुवाइका लागि संसदीय सदनसमक्ष लेखि पठाउने ।
१. डा. निश्चलनाथ पाण्डे — भारत
२. डा. कल्याणराज शर्मा — चीन
३. चिरनजंग थापा –संयुक्त राज्य अमेरिका
४. पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा — संयुक्त अधिराज्य (यूके)
५. जिज्ञान कुमार थापा – जापान
६. सुरेशकुमार कर्ण – इजरायल
७. प्राप्ति शेरचन – स्पेन
८. शरू जोशी — जर्मनी
९. डा. पद्माक्षी राणा — ओमान
१०. चूडामणि खरेल — मलेसिया
११. प्रा. डा. सङ्गम श्रेष्ठ — दक्षिण कोरिया
१२. डा. मंचला झा — श्रीलंका
१३. गिरीबहादुर सुनार — साउदी अरेबिया
–नेपाली नागरिकता पाँचौँ संशोधन नियमावली, २०८३ स्वीकृत गर्ने ।
–साविकमा कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत रहेको नेपाल मौसम विभागलाई ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत राहनेगरी नेपाल सरकार कार्यविभाजन नियमावली २०८३ संशोधन गर्ने ।
–नेपाल विद्युत् प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा दीर्घायु कुमार श्रेष्ठ, काठमाडौंलाई नियुक्त
–सहसचिव रुद्रसिंह तामाङलाई राजपत्रांकृत विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने ।






