काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३.४६ अंक घटेर २८३७.७७ विन्दुमा झरेको छ। पछिल्ला दुई कारोबार दिन बढेर बन्द भएको नेप्से आज भने घटेको हो।

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। बिहीबार नौ अर्ब ९१ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको थियो । आज ३३५ स्टकको ९७ हजार ४८० पटकको कारोबारमा आठ अर्ब ९९ करोड ३२ लाख ८० हजार रुपैयाँबराबरको दुई करोड १० लाख ८७ हजार कित्ता सेयर किनबेच भएको छ ।

ADVERTISEMENT

नेसनल हाइड्रोपावर कम्पनीको ५१ करोड ३२ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। रिलायन्स स्पिनिङ मिल्सको साढे ४३ करोड र रिडी पावर डेभलपमेन्टको कारोबार ३८ करोड रुपैयाँ नाघेको छ।
आज सात स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। भुजुङ हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, होटल फरेष्ट इन, पाल्पा सिमेन्ट इण्डष्ट्रीज, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र शिखर पावर डेभलपमेन्टको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

पाल्पा सिमेन्ट र शिखर पावर डेभलपमेन्ट आजदेखि कारोबारमा आएका कम्पनीहरु हुन्। यस दिन रिलायन्स स्पिनिङ मिल्सको शेयरमूल्य करिब साढे ९ प्रतिशत र हिमालयन हाइड्रोपावरको सेयरमूल्य साढे ८ प्रतिशत बढेको छ। १३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक बढेको छ । ११ उपसमूहको परिसूचक घटेको छ।

ADVERTISEMENT