काठमाडौं । साताको कारोबारको पहिलो दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २५.७० अंकले घटेर २७६२.६६ विन्दुमा कायम भएको छ ।

आज ३१७ स्ट्रिप्सको कारोबार हुँदा १९१ कम्पनीको सेयर मूल्य घटेको छ । ५८ कम्पनीको सेयर मूल्य बढेको छ । दुई करोड कित्ता बराबर सेयर किनबेच हुँदा सात अर्ब ७३ करोड बराबरको कारोबार भएको छ ।

ADVERTISEMENT

आज सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्सको ५१ करोडको कारोबार भएको छ । यस्तै, हिमालयन रिइन्स्योरेन्सको ३५ करोड, नेपाल रिपब्लिक मिडियाको २४ करोड, एनआरएन इन्फ्रास्टक्चर र शिवम सिमेन्टको २२ करोडको कारोबार भएको छ ।

आइतबार आरबीबी म्युचुअल फन्डको ७.९३ प्रतिशतले सेयरको मूल्य बढेको छ । केही दिनयता सेयर बजार निरन्तर ओरालो लागिरहेको छ । तीन हजार विन्दुको नेप्से परिसूचक अहिले साढे सत्ताइस सय विन्दुमा झरेको छ ।