काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्य घटेको छ। बिहीबार सुनको मूल्य प्रतितोला चार हजार तीन सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार सात सय रुपैयाँ कायम भएको छ। हिजो छापावाल सुन प्रतितोला ७२ सयले बढेर दुई लाख ९९ हजार रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि घटेको छ। बुधबार प्रतितोला पाँच हजार २५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक सय ५० रुपैयाँले घटेर चार हजार आठ सय ७५ रुपैयाँ पुगेको छ।