काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन आठ सय रुपैयाँले बढेर दुई लाख ८४ हजार आठ सय रुपैयाँ कायम भएको छ । मंगलबार सुनको मूल्य दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो

ADVERTISEMENT

आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। मंगलबार चार हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी आज ५५ रुपैयाँले बढेर चार हजार ४१५ रुपैयाँ पुगेको छ।

ADVERTISEMENT