काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुन र चाँदीको मूल्यमा गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक हजार दुई सय रुपैयाँ र चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो।

छापावाल सुन आज प्रतितोला दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला दुई लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

ADVERTISEMENT

आज चाँदी प्रतितोला चार हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला चार हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो।

ADVERTISEMENT

अन्तर्राष्ट्रिय बजारमा पछिल्ला दिनमा सुनचाँदीको मूल्य निरन्तर गिरावट आएकाले नेपालमा पनि त्यसको असर परेको छ ।

ADVERTISEMENT