काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेर दुई लाख ९९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार सुन तोलामा तीन लाख एक हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ पनि घटेको छ । सोमबार चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर पाँच हजार १९० रुपैयाँमा कारोवार भइरहेको छ । आइतबार चाँदी पाँच हजार २२५ रुपैयाँमा कारोबार भएको थियो ।






